चट्याङ लागेर एक महिनामा १४ जनाको मृत्यु

171

काठमाडौं – एक महिनामा मात्रै देशका विभिन्न स्थानमा चट्याङबाट १४ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष चट्याङले ८९ जनाको मृत्यु भएकोमा यो वर्ष एक महिनामै १४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो ९ वर्षमा मात्रै चट्याङबाट नेपालमा ९ सय २९ जनाको मृत्यु भएको छ। प्राधिकरणको तथ्यांक अनुसार नेपालमा वार्षिक औषत एक सय जनाको चट्याङकै कारण मृत्यु हुनेको गरेको छ ।

प्रिमनसुन तथा मनसुनी वायु सक्रिय भएका वेला बादलमा हुने घर्षणबाट जमिनमा खस्ने विद्युतीय लहरलाई चट्याङ भनिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here