दुुर्गममा अनलाइन अध्यापन कठिन

156

काठमाडौं – कोरोना भाइरस ९कोभिड–१९०का कारण बन्दाबन्दीले विद्यालय र कलेज ठप्प छन् । बालबालिकाको पढाइ अनिश्चित बनेपछि विकल्पका रूपमा अनलाइन अध्यापन गर्न थालिएको छ तर दुर्गममा अनलाइन प्रविधिबाट पठनपाठन प्रायः असम्भव नै देखिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

दुर्गम गाउँपालिकाको सबै वडामा इन्टरनेट सुविधा नपुगेकाले बालबालिका, शिक्षक र अभिभावक इन्टरनेट साक्षरतामा अभ्यस्त नहुँदा बालबालिकालाई अनलाइन प्रविधिबाट अध्यापन गराउने कार्य असम्भवजस्तै बनेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।

संविधानले माध्यमिक र आधारभूत तहको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । देशभर गरी कुल ३५ हजार ५२० विद्यालयमा २८ हजार ८३० सामुदायिक विद्यालय र छ हजार ६८७ निजी विद्यालय रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

अहिले स्थानीय तहका जनप्रतिनिधिले अनलाइन प्रविधिबाट बालबालिकालाई अध्यापन गराउन असम्भव हुने भन्दै विकल्पको खोजी गर्न थालेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अनुसार कुल ४६० गाउँपालिकाका २५ प्रतिशत वडामा अझै पनि इन्टरनेटको पहुँच छैन । पुगेका वडा र बस्तीमा राम्रोसँग इन्टरनेट टिप्दैन, चल्दैन ।

महासङ्घका महासचिव एवं सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले अनलाइन प्रविधिबाट अध्यापन गराउने कार्य कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अनलाइन प्रविधि सहरकेन्द्रित हुनेखाने वर्गका बालबालिकाका लागि त हुनसक्छ तर गाउँमा अनलाइन प्रविधिबाट पठनपाठन गर्न सहज छैन । ”यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here