ग्यास लिक भएर आगो सल्किदा  १२ घरटहरा नष्ट

211

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैंकलाइनमा आगलागीबाट कम्तीमा १२ घरटहरा जलेका छन्। शुक्रबार राति ११ बजे भण्डारी खाजाघर छेउबाट सल्किएको आगोले नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरसम्म जलेको छ।

फुङलिङ र फिदिम नगरपालिकाको दमकल, जेसीभी, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको समन्वयमा शनिबार बिहान आगो निभाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

आगोले जलेर स्थानीय खड्ग थापा, भट्टराई चिया पसल, खेम केसी, सरस्वती बुक एन्ड स्टेसनरी, नेत्र कार्कीलगायतका घर नष्ट भएका छन्।

आगाले कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरी निरीक्षक पोखरेलले जनाए । ग्यास लिक भएर आगो सल्किएको अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here