आजको मौसम : घगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना

224

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमि वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव भइरहेको जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, हालको देशको मौसमको अवस्था पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक वदली भइरहेको छ । यस्तै, आइतबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति भने देशको अधिकांश भू–भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here