मानवीय सेवामा निरन्तर सेवा आश्रम : ज्याला मजदुरीलाई निःशुल्क भाेजन

218

भक्तपुर – मानवीय सेवा आश्रमले नेपाल लकडाउन भइरहेकाे अवस्थामा ज्याला मजदुरी गर्ने विपन व्यक्तिहरू, अस्पतालका विरामीहरू र विरामी कुरूवाहरूलाई निःशुल्क बैशाख १९ गते शुक्रबार  भाेजन उपब्ध गराएकाे  छ ।

थेम्मृङका पत्रकारसंग आश्रमका अध्यक्ष रामजी अधिकारीले कुरा गर्दै २५ औं दिन भइसक्याे खाना खुवाउदै आए र लकडाउन भएसम्म सेवा गर्ने याेजना रहेकाे छ । स्राेत कसरी जुटाई रहनु भएकाे छ भने प्रश्नमा उहाँले सबैकाे मुठीदानले याे संचालन गरिरहेकाे बताउनुभयाे । मानवीय सेवा आश्रमले प्रत्येक बिहान ८ बजे र बेलुका ५ बजे दुई छाक भाेजनकाे व्यवस्था गरिएकाे उक्त भाेजन गर्नेहरू २५० देखि ३०० जनासम्म हुने गरेकाे संस्थाले जानकारी दिनुभयाे ।

संस्थाले मध्यपुर थिमिकाे शंखधरचाेक, भक्तपुरकाे सूर्यविनायकचाेक र भक्तपुर क्यान्सर अस्पताल गरि तीन ठाउमा भाेजन गराउदै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here