७ वर्षीया बालिकामा कोरोना : थप ६ जना संक्रमितसंगै संख्या ७५ पुग्यो

120

काठमाडौं-आइतबार  नौ जना भेटिएको नेपालगञ्जमा भर्खरै  थप ६ जनामा कोरोना पुष्टि भएको छ। सो पुष्टि भएसंगै  ६९ पुगेको संक्रमितको संख्या अहिले ७५ पुगेको छ ।  यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिनुभयो । तर बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनु भएन । नेपालमा यति सानो उमेरमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here