बागमती प्रदेशका सांसदले निःशुल्क खाना व्यवस्था, अवलोकन

30

भक्तपुर- गत शनिबार भक्तपुर क्षेत्र नं २ का बाग्मती प्रदेशका  माननीय सांसदराजेन्द्रमान श्रेष्ठले लकडाउनकाे समय विपन्न तथा ज्याला मजदुरीलगायतका व्यक्तिहरूलाई भाेजनकाे व्यवस्था गर्न मध्यपुर नगरपालिकाव्दारा संचालित निःशुल्क भाेजन गराउने न्यू एभरेष्ट पार्टी प्यालेस र शुभश्री पार्टी प्यालेसमा अनुगमन गरेकाे छ ।

संचारकर्मी सहित अाउनु भएका सांसदज्यूलाई वडा नं ४,५,६ र ७ का वडाध्यक्षहरूले विपन परिवार, ज्याला मजदुरहरूलाई दैनिक ६/७ हजार जनालाई भाेजन गराउदै अाएकाे जानकारी गराउनुभयाे र सहयाेगी हातहरूले अहिलेसम्म सहयाेग प्राप्त भइरहेकाे, वडा वडाबाट र नपाका कर्मचारीहरू स्वयंसेवककाे रूपमा सेवा गरिरहेकाे वडा नं ६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिले संचारकर्मीहरूलाई जानकारी दिनुभयाे ।

अनुगमनकै क्रममा माननीय श्रेष्ठले मानवीय कार्यमा लाग्नु भएकाेमा सबैलाई धन्यवाद दिंदै काेराेना भाइरसबाट संक्रमितबाट बचनकाे लागि सनमनजिक दुरी कायम गर्नुपर्ने, खाना गुणस्तरीयतामा ध्यान दिनुपर्ने र सरसफाईमा समेत ख्याल गर्न सुझाव दिनुभयाे ।

उक्त अनुगमनमा नेकपा भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा र नेपाली कांग्रस भक्तपुरका पूर्व जिल्ला सभापति महेश श्रेष्ठकाे उपस्थिति रहेमाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here