काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ । काेराेना भाइरसले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत प्याब्सनले यस्तो आग्रह गरेको हो ।
यो पनि पढ्नुहोस‘वार्षिक परीक्षाको नतिजा निकालौं, एसईई सधैंका लागि हटाऔं’
यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग आफूहरूले आग्रह गरेको प्याब्सनका अध्यक्ष टीकाराम पुरी जनाउँछन् । ०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ ।
चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा नोवल कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।