कृषि मन्त्रालयले सञ्चालनमा ल्यायो डिजिटल कृषि बजार

281
काठमाडाैं – कृषि तथा पशुपंक्षी मन्त्रालयले कृषकको उत्पादन खरिद बिक्री गर्नको लागि ‘डिजिटल कृषि बजार’ सञ्चालनमा ल्याएको छ ।

कोभिड १९ अर्थात कोरोना भाइरसको कारण देश लकडाउनमा भएको समयमा किसानले गरेका उत्पादन बिक्री बितरणमा समस्या आएपछि कृषि तथा पशुपंक्षी मन्त्रालयले डिजिटल कृषि बजारको बेटा भर्सन आइतबारबाट सञ्चालनमा ल्याएको हो ।

डिजिटल कृषि बजारको माध्यमबाट लकडाउनमा किसानले आफ्ना उत्पादनहरु बिक्रीको लागि सिधैं खरिदकर्तासँग सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

किसानले आफुले गरेका उत्पादन, त्यसको मूल्य, परिमाण, फोन नम्बर र ठेगाना लगायतको विवरण डिजिटल कृषि बजारको वेबसाइटमा राख्न सक्ने छन् । उक्त विवरणको आधारमा किसान र खरिदकर्ताले सम्पर्क गरी उत्पादनको किनबेच गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here