थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

76

काठमाडौं – बाँकेको नेपालगञ्जमा आज थप सात जना कोरोना संक्रमित भेटिएका छन् ।

आज भेटिएकासहित नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणको आज आएको रिपोर्टमा ७ जना नयाँ संक्रमित भेटिएका छन् । संक्रमित मध्ये ६ जना पुरुष र एक जना महिला रहेका छन् । यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here