कोरोना निको भएका तीन जनामा पुन: संक्रमण

173

काठमाडौमा कोरोना संक्रमण निको भएका एक र वीरगञ्जमा दुई जनामा पुनः संक्रमण भएको  छ ।

काठमाडौंको गोठाटारस्थित सन सिटीमा बस्ने ५१ वर्षीया पुरुषमा कोरोना संक्रमण भई पाटन अस्पतालबाट डिस्चार्ज भई घर जानु भएकोमा एक हप्ता पछि परीक्षण गर्दा पुनः संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । उनले वीरगञ्जमा पुन संक्रमण देखिएका दुई जनलाइ आइसोलेशनमा राखिएको जनाएका छन् ।

वैशाख २ गते पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here