विद्यालय आक्रोशित ! बिनाजाँच एसईईको प्रमाणपत्र दिने तयारी

91

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पटक–पटक बोली फेर्दा निजी विद्यालय आक्रोशित भएका छन् ।

मन्त्री पोखरेलले चार दिनअघि विभिन्न सञ्चारमाध्यममा वैशाख २६ गतेबाट विद्यालयमा भर्ना खोल्ने जनाएका थिए । तर, सोमबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भर्नाको सम्पूर्ण काम बन्द गर्ने उल्लेख गरेपछि मन्त्री पोखरेलको आलोचना शुरू भएको छ ।

मन्त्रालयका एक अधिकारीले मन्त्री आफैंले बोलेको कुरा फेरेपछि अचम्मित भएको बताए । ‘मन्त्रीज्यूले त २५ गतेबाट लकडाउन खुकुलो पार्दै गएपछि विद्यालयमा अनलाइनमार्फत भर्ना प्रक्रिया शुरू गर्ने बताउनुभएको थियो, तर सोमबार त्यसका विरुद्धमा विज्ञप्ति सार्वजनिक भएपछि मन्त्री आफैं आलोचित हुनुभएको छ ।’ –मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रालयले विद्यालयमा भौतिकरूपमा उपस्थित नभई अनलाइनमार्फत भर्ना खुला गर्ने मनस्थिति बनाएको थियो । मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा अनलाइनमार्फत भर्ना लिन वा रकम असुल गर्न नपाइने उल्लेख गरेको थियो ।

यता मन्त्रीको एकाएक बोली फेरिएपछि निजी विद्यालयको संगठन प्याब्सनले सरकारले गरेको निर्णय फिर्ता गर्न आग्रह गर्ने भएको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरीले आफैंले सञ्चारमाध्यममा भर्ना खोल्ने तयारी भइरहेको बताउने, त्यसको दुई दिनपछि फेरि भर्नाको सबै कार्यक्रम स्थगित गर भनेर विज्ञप्ति निकाल्नु मन्त्रालयको गैरजिम्मेवारीपन भएको आरोप लगाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here