मलेसियामा नाै जना नेपालीमा काेभिड १९ काे संक्रमण

20

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्वका २ सय १० बढी देशमा फैलिएको छ । मलेसियामा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ भने संक्रमितको संख्या ६ हजार ४ सय बढी रहेको छ । यस्तै मलेसियामा रहेका नेपालीमा पनि कोरोना संक्रमण देखिएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार हालसम्म मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या १८ पुगिसकेको छ । थप ९ जना नेपालीमा कोरोना संक्रमण देखिएसँगै मलेसियामा कोरोना संक्रमितको संख्या १८ पुगेको हो । थप ९ कोरोना संक्रमित नेपाली क्वालालम्पुर नजिकै रहेको चेरासस्थित एक सपिङ सेन्टरमा  सुरक्षा गार्डहरूको रुपमा काम गर्ने गर्छन् ।  मलेसियामा हालसम्म ३ कोरोना संक्रमित नेपाली भने उपचारपछि निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here