राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा

205

काठमाडौं –  राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छिन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई मनोनयन गर्नुभएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान ९संशोधन तथा परिमार्जनसहित, २०७४० को दफा १३ को उपदफा ९२० बमोजिम उनलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् । यसअघि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको सचेतक रहनुभएका सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here