ओली सरकार अवसर गुमाउँदै

12

– निमकान्त पाण्डे

संसारका सबै देशहरु कोरोना भाइरस संक्रमणका बिरुद्ध संघर्षरत रहेका बेला हाम्रो देशको कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भने कुर्सी बचाउन र आर्थिक ब्रह्मलूट मच्चाउनमै तल्लीन भैरहेको छ । सत्तासीन नेकपाका शीर्षस्थ नेताहरु पनि सरकारका गलत कामहरुको बिरोधमा भन्दा कुर्सीमा कसरी पुग्ने भन्ने ध्याउन्नमै लागेका छन् । सत्तासंघर्षमा लागेका नेताहरुले जनताको चाहना के छ भन्नेतर्फ कुनै ध्यान दिइरहेको अवस्था छैन । सरकार भने बिरोधी राजनीतिक शक्तिहरुलाई जसरी पनि कमजोर बनाएर देशमा एकछत्र राज कायम गर्ने सोचका साथ फासीवादी शैलीमा अगाडि बढ्न खोजेको देखिन्छ । मिर्गौला प्रत्यारोपणपश्चात राजनीतिमा सक्रिय रहेका प्रधानमन्त्री केपी ओलीले अरुको सहानुभूति पाउनुपर्ने अवस्थामा सबैबाट घृणा पाइरहनु भएको छ भने सबै सहयात्रीहरुसँग दुश्मनीपूर्ण प्रतिस्पर्धामा लाग्नु परिरहेको छ । भ्रष्टाचारले बदनाम भैरहेको र अलोकप्रिय भैरहेको सरकार सञ्चालनबीच ओलीमा देखिएको सत्तामोह वास्तवमै आश्चर्यजनक देखिएको छ । सत्ताका निम्ति ओलीमा देखिएको सक्रियताले सबैलाई चकित तुल्याएको छ । मिर्गौला प्रत्यारोपणको उपचार जटिल उपचारमध्येमा पर्दछ । संक्रमण हुन सक्ने धेरै सम्भावना यसमा रहने हुँदा धेरै मानिसहरूसँग सम्पर्कमा रहनु पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्ने भएकाले चिकित्सकहरूले मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूलाई संक्रमणबाट बच्न जनसम्पर्कबाट टाढै रहन सुझाव दिने गरेका हुन्छन् । तर प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति सावधानी अपनाएको पाईदैन ।

सरकार पूर्णतः भ्रष्टाचारले संक्रमित भएको अवस्थाले पूरै देशवासीहरूलाई चिन्तित तुल्याएको अवस्था छ । यो अवस्थालाई सन्तुलनमा पु¥याउन प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुन सक्दछ । भष्टहलाई कार्वाही नगरेर प्रधानमन्त्रीले उल्टै बचाउमा अभिब्यक्ति िदिने गरेबाट जनतामा ब्यापक निराशा छाएको छ । देशमा दुईतिहाइ बहुमत सहितको कम्युनिष्ट पार्टीको  सरकार रहेको अवस्थामा पनि जनअपेक्षित लोककल्याणकारी शासनको प्रत्याभूति दिन नसक्नुले कम्युनिष्टहरु असफल भएको सिद्द गर्न खोजिएको प्रष्ट हुन्छ ।

ओली नेतृत्वको सरकारले अरु कुनै पनि कामहरुमा जनताको मन जित्न नसके पछि साम्राज्यवादी शक्तिलाई रिझाएर नेपाली जनतामाथि फासीवादी शासन गर्ने प्रयास गरिरहेको संकेत भैरहेको छ । यसको प्रमाणको रुपमा सरकारले बिप्लव नेतृत्वको नेकपामाथि देखाएको रवैया प्रयाप्त छ । बिप्लव नेतृत्वको नेकपाले हालको अवस्थामा युद्धबिराम गरेको छ । युद्धबिराम गरेको राजनीतिक शक्तिलाई सम्वादमा आकर्षित गरेर देशमा शान्तिपूर्ण राजनीतिक गतिबिधि गर्ने वातावरण बनाउने काममा अग्रसुरता देखाउनु पर्ने हो । तर सरकारले त्यसतर्फ चासो नदेखाएर धरपकडलाई मात्र प्राथमिकता दिइरहेको छ । सरकारको यस्तो कार्यशैली स्पष्ट रुपले साम्राज्यवादको चाकडी बाहेक अरु केही मान्न सकिदैन ।

देशमा दलीय राजनीति सुरु भएको करिब ७ दशक बितिसकेको छ । स्वयं प्रधानमन्त्री ओलीले नेतृत्व गर्नु भएको पार्टी लगायत नेपालका प्रमुख राजनीतिक दलहरू सशस्त्र संघर्षबाट नै राजनीतिमा उदाएका हुन् । कहिले परिस्थितिले राजनीतिक व्यक्तित्वलाई जन्म दियो भने कहिले राजनीतिक नेतृत्वले नयाँ शासनव्यवस्था ल्याउन परिवर्तनको लडाइँ लड्दै आए । पछिल्लो राजनीतिक प्रणालीप्रति असन्तुष्टि जनाउँदै हतियार उठाईरहेको राजनीतिक शक्तिले युद्दबिरामको संकेत गरिसकेको अवस्थामा दमनकै सहारा लिन खोज्नुलाई के भन्ने ?

हरेक परिवर्तनले देशमा नयाँ राजनीतिक दल र राजनीतिक व्यक्तित्वलाई जन्म दियो । पुरानो व्यवस्थाबाट आजित भएका जनताले राजनीतिक दलहरूबाट परिवर्तनको अपेक्षा गरे । विकास र समृद्धिको चाहना राखे । तर, नयाँ ब्यवस्थामा सत्तासीन नयाँ नेतृत्वले पुरानो शासक र पुरानै शासन व्यवस्था फाल्नु र आफ्नो उदय हुनुको औचित्य नै साबित गर्न सकेन । फलस्वरूप मुलुकमा शासन व्यवस्था परिवर्तनको केही वर्षमा नै जनतामा निराशा छाएको स्पष्टै छ । कुनै पनि नेतृत्वको परीक्षा तब हुन्छ, जब उसको हातमा शासनव्यवस्थाको बागडोर हुन्छ । उसले मुलुकलाई कुन दिशामा डो¥याउँछ रु देशलाई कसरी आत्मनिर्भर बनाउने योजनाहरू गरेर अगाडि बढ्छ कि साम्राज्यवादीहरुकै घोडा बनेर चल्न खोज्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

राजनीतिक नेतृत्व सत्ता सञ्चालनको हैसियतमा पुगेपछि किन असफल भइरहेका छन् ? यसमा एउटा कारण त नैतिकता, इमानदारी र जिम्मेवारी महसुस कम हुनु नै मान्न सकिन्छ । मुलुकको शासन गर्ने अधिकार पाएपछि देश र जनतालाई स्वच्छ मनले सेवा गर्ने नेताहरूको खडेरी परेको नै मान्न सकिन्छ । आफूले अनियमितता नगरे पनि अनियमितता गर्नेहरूको आडमा शासन गर्न खोज्नु पनि अनियमितता नै हो । ओलीको नामबाट काम गर्ने व्यक्तिहरूले लाभ उठाईरहेका छन् ।

मुलुकको नेतृत्वमा पुगेपछि कसरी अगाडि बढ्ने भन्ने कुरामा स्पष्ट कार्यदिशा तय गर्न नसक्दा पनि धेरै राजनीतिक नेतृत्वहरू असफल भएका हुन् भन्ने बुझ्न सकिन्छ । उनीहरूले पद त पाए, तर मुलुकलाई समृद्ध बनाउने योजना ल्याउन सकेनन् । आफ्ना काम कारबाहीलाई पारदर्शी बनाउन सकेनन् । कृषिप्रधान देशमा कृषिलाई आधुनिकीकरण गर्ने र सामूहिक कृषि प्रणाली लागू नगरेसम्म उत्पादनमा बृद्धि गर्न सकिदैन भन्ने कुरा प्रमाणित भैसकेको छ । जनताको जीवनस्तर माथि उठाउन र देशलाई आत्मनिर्भर बनाउन अर्को कुनै बिकल्प हामीसँग छैन । केपी ओलीलाई नेपालको इतिहासमै सबैभन्दा बलियो प्रधानमन्त्री बन्ने अवसर समयले दिएको छ । दुईतिहाइ बहुमतका साथ दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीको दुई वर्ष खासै उपलब्धिमूलक भएन ।

नेपालको राजनीतिक इतिहासमा ओलीले पाएको अवसर कसैलाई पनि प्राप्त भएन । प्रम ओलीले पछिल्लो समय जुन सपना जनतालाई देखाउनुभएको थियो, ती सपना कता हराए ? योजनाहरू कार्यान्वयनतर्फ ध्यान पु¥याउने र भ्रष्टाचारीहरुलाई धमाधम कार्वाही सुरु गर्ने हो भने कसैको बिरोधको सामना गर्नु नै पर्ने छैन । अनावश्यक रुपमा राजनीतिक ब्यक्तिहरुमाथिको धरपकड र दमनले इतिहासका क्रूर शासकहरुको अनुयायी बन्न खोजेको मात्र पुष्टि हुने छ , आगे ओली कमरेडलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here