बुद्ध अहिंसा र मानवताको सन्देश हो

97
– राज्यलक्ष्मी शाक्य

वैशाख शुक्ल पूर्णिमा अर्थात बुद्धजयन्ती । यसपटक हामी २५६४औँ बुद्ध जयन्ती  मनाउन गइरहेका छौं । यस दिनलाई समस्त प्राणीजगतमा अहिंसा र मानवताको सन्देश मात्र होइन बुद्धले बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाणको भएको दिनको रूपमा पनि सम्झिने गर्दछौं । बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा नै रहेको विशाल अशोक स्तम्भमा कुँदिएका छन् । युनेस्को लगायतका विश्व संस्थाले नेपालको लुम्बिनीलाई नै बुद्धको जन्मभूमि मान्दा पनि त्यसबारे अनर्गल प्रचार जारी छ । त्यसको उठान लुम्बिनी पत्ता लागेदेखि नै भएको हो । भारतमा बेलायती राज भएको बेला बेलायतकै कर्मचारी पुरातत्वविद् डा.एलियस एन्टोन फुहरर र नेपालका तत्कालीन पाल्पाका बडाहाकिम खड्ग शमशेरले अशोक स्तम्भमा खिपिएका ब्राह्मी अक्षरका आधारमा सन् १८९६ डिसेम्बर १ मा लुम्बिनी पत्ता लगाए ।

त्यसैअनुरूप तयार पारेको मोनोग्राफ अन बुद्ध शाक्यमुनिज् बर्थ प्लेस इन नेप्लिज तराई (Monograph on Buddha Sakyamuni’s Birth Place in Nepalese Terai) नामक फुहररको प्रतिवेदनमा प्रतिबन्ध लगाउँदै बेलायत सरकारले उनलाई जागिरबाट बर्खास्त गर्ने तयारी गरेर राजीनामा दिन बाध्य पारेको थियो । त्यसै क्रममा भारतको पिप्रहवामा रहेको एक जनाको व्यक्तिगत मौजामा रहेको एउटा स्तूपलाई लुम्बिनीका रूपमा खडा गर्ने प्रपञ्च रचेर त्यसै अनुरूप काम भए । अद्यापि त्यसको चर्चा बेलाबखत हुने गर्दछ । यहाँ त्यो इतिहास नभई त्यसै सेरोफेरोमा लुम्बिनी र बुद्धबारे भएका तत्कालका घटनाक्रमलाई आकलन गरिएको छ ।

लुम्बिनी नेपालको पश्चिमी तराईमा पर्ने एउटा ठाउँको नाम हो, अर्थात् यो भूगोल हो । लुम्बिनीको चर्चा ज्यादै धेरै समयदेखि हुने गरेको छ, त्यसैले यो इतिहास हो । लुम्बिनीमा असाध्यै पुराना अभिलेख, शिलालेख, सजीव र निर्जीव संरचनाका भग्नावशेष लगायतका वस्तु छन् । त्यही भएर यो पुरातत्व हो, मानव शास्त्र र समाज शास्त्र अध्ययन हो । लुम्बिनी बुद्धको जन्मस्थल हो त्यसैले यो धार्मिक आस्था हो, शान्तिको क्षेत्र हो, अहिंसा र मानवताको सन्देश हो अनि एसियाबाट विश्वलाई उज्यालो दिने प्रकाशपुञ्ज हो । लुम्बिनी जीवन दर्शन हो । यही भएर यो विश्वको सम्पत्ति हो, विश्व सम्पदा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here