आज थप व्यक्तिमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयको पुष्टि

206

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थप व्यक्तिमा कोरोना भाइरस नदेखिएको तर सङ्क्रमण फैलन नदिन पिसिआर परीक्षणको दायरालाई बढाउँदै लगेको जानकारी दिनुभयो ।

मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १६ हजार ८९८ र आरडिटी ५६ हजार ६५७ भएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ३१६ को परीक्षण सम्पन्न भएको छ । हाल १३ हजार ६२५ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १६४ रहेका छन् ।

आज कुनै पनि मानिस रेडजोनमा देखिएका छैनन् । शनिबारसम्म रेडजोनमा ३४० रहेका छन् । कोरोना भाइरस सङ्क्रमित ११० जना रहेका छन् । तीमध्ये ३१ जना ठीक घर फर्किएका छन् । प्रवक्ता देवकोटाले घर फर्किएकालाई व्यक्तिलाई सम्मान गर्न आग्रह गर्नुभयो । साथै यहाँले मन्त्रिपरिषद्को बैठकले निर्णय गरेअनुसार कोरोना बाहेकका नियमति स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here