कपिलवस्तुका १० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

34

काठमाडौं – नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १२० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकाहरुको संख्या १२० पुगेको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या १० जना रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

उनीहरु कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here