नेपाल र भारतका प्रमको पुत्ला दहन

211
काठमाडौं – काठमाडौंको बबरमहलस्थित नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।
नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा सीमा बचाउ अभियानका युवाहरुले पुत्ला दहन गरेका हुन् । पुत्ला दहनमा सहभागी करिब ३० जना युवायुवतीलाई प्रहरीले बबरमहलबाट पक्राउ गरेको छ ।

उता, महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले विद्यार्थी तथा सीमा रक्षा अभियानका अभियान्ताहरूले विरोध गर्दै निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । उनकाअनुसार लकडाउन उल्लंघन गरेको भएर ती विद्यार्थीहरु पक्राउ परेका हुन् । हाल उनीहरूलाई नियन्त्रणमा दिई भृकुटीमण्डपस्थित् पुलिस क्लबमा राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here