यसकारण मान्छे पुड्को र अग्लो हुन्छ …

319

 मानव शरीर विकासको लागि आवश्यक हर्मोनहरुको उत्पादन पिट्यूटरी ग्लाण्डको एन्टोरिया लोब (Anterior lobe of pituitary gland) मा हुन्छ । यस हर्मोनले एमिनो एसिडको ग्रहण एवं बोसोको प्रणालीलाई नियन्त्रण गर्दछ । त्यसै गरी, यस हर्मोनले कलेजोमा उत्पादन हुने सोमाटोमेडिन (Somatomedin) नामक हर्मोनको उत्पादनलाई पनि उत्प्रेरित गर्दछ, जुन हर्मोनले हाम्रो हड्डीको विकासमा भूमिका निर्वाह गर्दछ ।

उता शरीर बृद्धि गराउने हर्मोनको उत्पादनको गति पनि कसरत, तनावको अवस्था, शरीरमा ग्लूकोजको कम आपूर्ति तथा शरीरमा इन्सुलिन एवं एस्ट्रोजिन हर्मोनको मात्रामा पनि निर्भर गर्दछ । त्यसैगरी, मस्तिष्कको एउटा हिस्सा हाइपोथालामस (Hypothalamus) ले उत्पादन गर्ने प्रोटिन सोमाटोस्टाटिन (Somatostatin) ले पनि शरीर बृद्धि गराउने हर्मोनको उत्पादनमा भूमिका खेल्छ ।
माथि उल्लेखित प्रणालीहरुको गडबडीले शरीर बृद्धि गराउने हर्मोनहरुको उत्पादन अत्यधिक मात्रामा गराउन वा कम मात्रामा गराउन सक्दछ । शरीरमा हर्मोनको बढी उत्पादन हुन गएमा हात खुट्टा लामा हुने र शरीर अति अग्लो हुने समस्या (Gigantism) देखिन सक्छ । त्यसको विपरीत कम उत्पादनले बाम पुड्को हुने (Dwarfism) समस्या देखिन सक्छ ।
त्यसो त वैज्ञानिकहरुले प्रयोगशालामा नै मानवको शरीर विकास गराउने हर्मोन बनाउन सफलता प्राप्त गरिसकेका छन् । त्यसलाई जेनेटिक इन्जिनियरिंगको क्षेत्रमा एउटा ठूलो उपलब्धिको रुपमा लिने गरिन्छ । त्यसले बच्चाहरुमा शरीर बृद्धि गराउने हर्मोनको उत्पादन कम हुने तथा बाम पुड्को हुने समस्याको निदान गराउन सकिने अवस्था पैदा भएको छ ।

Title Photo: https://i.pinimg.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here