स्वदेश फिर्ता भएका १० हजार थाई नागरिक क्वारेन्टाइनमा

150

छिमेकी देशहरुबाट फर्केका करिब १० हजार थाई नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखिएको एक सरकारी अधिकारीले मंगलबार जानकारी दिएका छन् । थाईल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल १८ देखि अड्किएका १० हजार २९८ व्यक्ति फर्किएका सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड–१९ को कारण स्वदेश फर्केका ती थाई नागरिकलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको हो । स्वदेश फर्किएका ती नागरिकहरुमा मलेसियाबाट ८ हजार ९१२, म्यानमारबाट ६९१, लाओसबाट ३९९ क्याम्बोडियाबाट २९६ जना रहेका छन् ।

गत महिनाको शुरुमा थाईल्याण्डको सीमा क्षेत्रमा नरहेका देशहरुबाट पनि ६ हजार ७०० थाई नागरिक स्वदेश फर्किएका छन् । यी सवैलाई पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको थियो ।

थाईल्याण्डका कोरोना भाइरसको कारण ३ हजार १७ जनामा संक्रमित रहेका छन्् । यस प्रकोपका कारण ५६ मृत्यु भएको छ, भने २ हजार ७९८ निको भएर फर्किएका छन् ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here