नेपालमा काेभिड १९ संक्रमितको संख्या १९१ पुग्यो

213

काठमाडौं-  नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

नेपालमा देखिएका कुल १९१ संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here