अलपत्रमा रहेका नेपालीहरुलाई उद्वार गरियोस : सांसद संग्रौला

189

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कोरोनाको संकटभन्दा पहिल्यै निधन भएका एक सयभन्दा बढि नेपालीहरुको शव विदेशमा अलपत्र परेको भन्दै र उनीहरुको परिवार, आफन्त यतिवेला कि सास देउ, कि लास देउ भनेर पर्खिरहेको कुराप्रति सरकारको ध्यानाकार्षण गराएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसद संग्रौलाले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहने नेपालीहरुको पीडासमेत सरकारलाई सुनाएकी थिईन् । उनले सम्बोधनको क्रममा भनेकी थिईन्,सम्माननीय सभामुख महोदय , अहिले कोरोना संकट भन्दा पहिले नै दुखद निधन भएका एकसय भन्दा बढी नेपालीहरुका शव विदेशमा अलपत्र छन । उनीहरुका परिवार, आफन्त “कि सास देउ, कि लास देउ” भनेर पर्खि रहेका छन् । उल्टै नेपाल सरकारले शव विदशेमै अन्त्येष्टि गर्ने अनुमति दिन परिवारलाई रु पचास हजार राहत दिने भनेको छ, जसले उनीहरुको भावना माथि ठेस पुगेको छ ।

त्यस्तै, आफ्नो रोजगारी गुमाएका दशौँ हजार नेपालीहरु खाडीलगायतका मुलुकबाट स्वदेश फर्कन पर्खिरहेको उल्लेख गर्दै संग्रौलाले भनिन्, उनीहरुलाई विशेष विमान पठाएर सरकारले जति सक्दो चांडो उद्धार गरोस् । त्यस्तै नेपाल, भारत सीमामा आइपुगेका, गत केही दिन देखि भोकै, प्यासै रहेका नेपालीहरुलाई सैयौं नेपालीहरुलाई ससम्मान स्वदेश भित्राएर नेपाल प्रहरी, सेना र स्वयम्सेवक हरु परिचालन गरि होटेल, स्कुल, कलेजहरुमा क्वारेंटाइनमा राख्ने प्रवन्ध गर्न र स्वास्थ्य परिक्षण पछि मात्रै घर, परिवारमा जान दिन माग गर्दछु ।

नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर आवासीय नेपाली संघका च्याप्टरहरु , अन्य सामाजिक संस्थाहरु र मध्य पूर्वमा रहेको श्रमिक संजालसंग सहकार्य गर्न पनि उनले आग्रह गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here