अनलाइनबाटै निःशूल्क नबिल बैंकको खाता खोल्न सकिने, इन्टरनेट तथा मोबाइल बैंकिङको लाभ लिन सकिने

140
काठमाडाैं – नबिल बैंकले कोभिड १९ अर्थात कोरोना भाइरस महामारीको समयमा सुरक्षित कारोबार गर्न अनलाइनबाटै निशूल्क खाता खोली सिमित कारोबार गर्न सकिने सेवाको सुरुवात गरेको छ ।  यस अन्तर्गत ग्राहकहरुले बैंकमा नगई घरबाटै खाता खोली इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ जस्ता डिजिटल बैंकिङ सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् ।

मोबाइल बैंकिङ सुविधा अन्तर्गत  ग्राहकहरुले रिचार्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्न र रकम रकमांतर गर्न जस्ता कार्यहरु घरबाट मोबाइल मार्फत गर्न सक्नेछन् । साथै यो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जानकारी गराउदछौं ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । देशभर ११८ शाखा र १७७ एटिएम संजाल रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here