उपत्यकामा कोरोना पुष्टि भएका एक जना चन्द्रागिरि र दुई जना भक्तपुरका

114

काठमाडौं-  मंगलबार अबेर आएको खवरले राजधानीबासिको निन्द्रा एका–एक खलबलाई दिएको छ । राजधानीमा तीन जना कोरोना संक्रमित भेटिएपछि सबैको ध्यान ति संक्रमितहरु को हुन र कहाँबाट आएका हुन भन्नेबारे सबैमा कौतुहलता हुने नै भयो ।

उपत्यकामा कोरोना भाइरसको पुष्टि भएका मध्ये दुई जना महिला र एकजना पुरुष रहेका छन् । संक्रमित मध्ये एक जना महिला चन्द्रागिरि नगरपालिकाकी रहेकी छन् । स्रोतका अनुसार ३३ वर्षिया महिला ती महिला लकडाउन कै दौरान बैशाख २९ गते कञ्चनपुरबाट राजधानी भित्रिएकी थिइन् । ती महिला नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्।

अर्को एक महिला र पुरुष भने भक्तपुरका रहेका छन् । भक्तपुरकी २५ वर्षिया महिला सुनसरीबाट बैशाख २९ गते मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी थिइन्। काठमाडौं आइसकेपछि उनी भक्तपुरस्थित ठिमीमा साथीको कोठामा बसेकी थिइन् ।

भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष हुन् ।उनी पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान भएको खुल्न आएको छ । उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here