यता कलाकार प्रकाश घिमिरेले म्युजिक भिडियोमा मुख्य कलकारको रुपमा पहिलोपटक अवसर पाएको बताउँछन् । ‘म्युजिक भिडियोमा पहिलो पटक मुख्य कलाकारको रुपमा मलाई हेर्न सक्नु हुनेछ, रमाइलो अनुभव रह्यो, भिडियो हेरपछि प्रतिक्रियाको आशामा छु’ घिमिरेले भने ।
गायक वानियाका मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एलबम बजारमा आइसकेका छन् । उनले झण्डै ५० को हाराहारीका गीतमा आफ्नो सुमधुर आवाज भरीसकेका छन् । यतिनै गीतमा संगीत सँयोजन गरेका बानियाले केही गीत रचना गर्न समेत भ्याएका छन् ।