त्रिवि शिक्षण अस्पतालमा बिरामीमा कोरोना संक्रमण

69

काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक जना विरामीमा कोरोना संक्रमण देखिएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा गत मंगलबार भर्ना गरिएकी ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको हो ।

स्रोतका अनुसार कपिलवस्तुबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । ति बालिका ईएनटी सम्वन्धी विरामी हुन् । तर इएनटी विभागलाई कोभिड युनिट बनाएका कारण उनलाई न्युरो सर्जरी वार्डमा राखेर उपचार गरिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि हाल अस्पतालमा चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको छ ।

अस्पतालले यसबारेमा अधिकारिक धारणा राखिसकेको छैन् । अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले त्यहि विषयमा बैठक हुँदै गरेको र केही बेरमा आधिकारिक जानकारी दिने  जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here