मायालु प्रियशी भिडियाे सार्वजनिक

250

काठमाडौं – कोरोना कहरका कारण विश्वभरि नै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्रसमेत प्रभावित भएको छ। मनोरञ्जन उद्योग स्थगित हुँदा संसारभर नै कलाकारहरू सामाजिक सञ्जालमार्फत दर्शकलाई मनोरञ्जन दिइरहेका छन्।

लामो लकडाउनको समयलाई सदुपयोग गर्दै गायक रन मगरले ‘मायालु प्रियशी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। पप भर्सनको यो गीतमा स्वर रन मगरको रहेको छ भने शब्द प्रजित रानाको रहेको छ। संगीत जेम्स प्रधानको रहेको छ। द साइलेन्ट मंक ब्यान्ड फिचर्ड म्युजिक भिडियोमा भानु तिवारी, सुनिशा क्षेत्री, लक्ष्मी अधिकारी र नन्दु मि श्रको अभिनय छ। कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहले छायांकन र सम्पादन गरेका हुन्। नन्दु मि श्रको लगानीमा निर्माण भएको भिडियोलाई प्रजित रानाको निर्देशनमा तयार पारिएको हो।

ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here