२५० जना पुग्यो कोरोना संक्रमितको संख्या

73

काठमाडाैं – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज बिहीबार बिहानमात्रै ७ जना संक्रमित थपिएका छन्।

आज थपिनेमा काठमाडौंको चन्द्रागिरीमा ३२ वर्षीय पुरुष, कपिलवस्तुमा ६ वर्षीया बालिका, सर्लाही धनकौलीका ४५ वर्षीय पुरुष, जनकपुरका ४० वर्षीय पुरुष र २० वर्षीया महिला र जलेश्वरका १६ र ३५ वर्षीय पुरुष छन्।

योसँगै कुल संक्रमितको संख्या २५० पुगेको छ। यीमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here