कोरोना संक्रमण राेक्न पैदल यात्रुलाइ समेत उपत्यका प्रवेशमा रोक

189

काठमाडौं  – उप्रत्यकामा जोखिम बढेपछि सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन काठमाडौंमा लकडाउनमा कडाइ गरेको छ ।

गृह मन्त्रालयबाट प्राप्त निर्देशन र शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक बिनापासका सवारी साधन र पैदल यात्रुलाई समेत काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

काठमाडौंका मुख्य सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो । सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यलयले एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने, सबै प्रकारका खाद्यवस्तु ढुवानी गर्ने, पशुपन्छीजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, फलफूल तथा तरकारी र निर्माण सामग्री बोकेका सवारी साधनलाई भने सवारी पास बिना चल्न दिने जनाएको छ । निर्माण सामग्री बोकेका हेभी सवारी साधन भने बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै सञ्‍चालन गर्न पाइने पनि जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here