दुनियाँकै ठूलो ओठ भएकी युवती

202

एजेन्सी – बुल्गेरियाकी एन्ड्रिटा इभानोभा विश्वमा सबैभन्दा ठूलो ओठ भएकी महिला हुन् । हालै उनले आफ्नो ओठ ठूलो बनाउनका लागि २०औं पटक शल्यक्रियामार्फत ओठमा हाइलुरोनिक एसिडको झोल हालिन् ।

रियल लाइफ बार्बी को नामले चिनिने इभानोभा २२ वर्षकी भइन् । पछिल्लो पटक उनको ओठको शल्यक्रिया गत मंगलबार भयो । उनले आफ्नो इन्टाग्राममार्फत् आफ्ना ठूलाठूला ओठका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

#love #bigger #lips ह्यासट्यागमा उनले इन्स्टाग्राममा आफ्ना ओठका फोटाहरु राख्छिन् । जसमा उनका फलोअरहरुले अनेक खालका प्रतिक्रियाहरु जनाउने गरेका छन् । अधिकांसले उनका ओठहरु मन परेको बताउँछन् ।

३२ हजारभन्दा धेरै इन्स्टाग्राम फलोअर्स भएकी इभानोभाले सन् २०१८ देखि आफ्नो ओठमा एसिड झोलको सुइ हानेर ओठ बढाउन थालेकी हुन् । उनले अहिलेसम्म ओठको उपचारमै हजारौं डलर रकम खर्च गरिसकेकी छिन् । आफूले ओठ बढाउने उपचारका लागि बुल्गेरियाको राजधानीका अधिकांस क्लिनिकहरु धाइसकेको उनी बताउँछिन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here