काभ्रे र महोत्तरीमा संक्रमित थपिएसँगै संक्रमितको संख्या २७८ पुग्यो

172

काठमाडौं – थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे गरेको नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार काभ्रे र महोत्तरीमा एक एक जनामा संक्रमण देखिएको हो । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्प्ताल ल्याउँदै गर्दा निधन भएकी सिन्धुपाल्चोककी एक महिलाको कोरोना परीक्षण भैरहेको र अन्तिम रिपोर्ट आउन बाँकी रहेको पनि मन्त्रालयले जनाएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार ती महिलालाई श्वाँस फेर्न अप्ठ्यारो भएपछि स्थानीय अस्पताल उपचार गरिएको र त्यहाँनि नभएपछि काभ्रेको धुलिखेल अस्पताल आउँदै गर्दा निधन भएको हो । उनले भने,”हामीले विस्तृत विवरण लिईरहेका छौं । थप परीक्षण भैरहेका छन्। परीक्षणको विवरण प्राप्त भएपछि मन्त्रालयले आधिकारिक रुपमा उनको मृत्यु कोरोनासम्बन्धी हो या होईन भनेर प्रशारण गर्नेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here