थप ३ जनामा कोरोनाको संक्रमण देखियो, संक्रमितको संख्या २९५ पुग्यो

70

काठमाडौ – थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः५० बजे गरेको कोरोना अपडेटअनुसार तीन जनामा थप कोरोनाको संक्रमण देखिएको हो । उनीहरु तीनै जना प्रदेश नम्बर एकका हुन् । उनीहरुमध्ये दुई जना मोरंग र एक जना धनकुटाका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा नै रहेको पनि मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here