यी हुन् संसारकै बलिया व्यक्ति : ५ सय १ किलो वजन उचालेर नयाँ किर्तिमान राखे

174

एजेन्सी  – संसारमा धेरै बलिया मानिसहरु छन् । धेरै वजन उठाउन सक्ने मानिसहरुले विश्व रेकर्ड पनि राखेका छन् । यस्तै हाफ्तर बोर्नसनले पनि संसारकै सबैभन्दा धेरै वजन उठाएर नयाँ रेकर्ड राखेका छन् ।

चलचित्रकर्मी समेत रहेका हाफ्तरले ५ सय एक किलो वजन उचालेका छन् । ५०१ किलो वजन उठाएका उनले संसारकै बलियो व्यक्तिको किर्तिमान बनाएका हुन् ।

उनी ६ फिट ९ इञ्च अग्ला छन् । उनको शरिर पनि मज्जाको छ । उनले आइसल्याण्ड स्थित आफ्नै जिमखानामा तौल उचाल्ने गर्छन् । उनले ५ सय १ किलो वजन आफ्नै जिमखानामा उचालेका हुन् । उनले फलामको चक्कालाई दुई सेकेण्ड सम्म उचालेका थिए ।

यसअघी सन् २०१६ मा बेलायतका एडी हलले ५ सय किलो मात्र वजन उचालेर किर्तिमान बनाएका थिए । हाफ्तरले भने १ किलो बढी उचालेर किर्तिमान बनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here