लकडाउन जेठ २० गतेसम्म लम्बिने

72

काठमाडौँ — कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो 

 

कार्यदलले मन्त्रिषरिषद्‍मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले जनाए ।

देशका विभिन्न स्थानमा कोरोना स‌ंक्रमण देखिइरहेको र संक्रमितको मृत्युसमेत भएकाले लकडाउन हाल खोल्न नहुने निष्कर्षमा समिति पुगेको उनले बताए । केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले लकडाउनबारे निर्णय गर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनको कुनै विकल्प नभएको निष्कर्ष निकालिएको बताए । ‘लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको छ । यसैले यसको विकल्प छैन । लकडाउनलाई थप कडा बनाउन सिफारिस गरिएको छ,’ बिडारीले भने । उनका अनुसार परीक्षणको दायरा र स्वास्थ्यकर्मीको मनोबल बढाउने निर्णय पनि समितिले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here