सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध

61

काठमाडौं – जिल्ला अस्पताल बैतडीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ ।

जिल्ला अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै धेरै भीडभाड हुने क्षेत्रमा सङ्क्रमणको जोखिम हुनसक्ने भएकाले अस्पतालले आउनुपरे सावधानी अपनाएर र सतर्क रहन अनुरोध गरेको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वसन्तराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबैखाले बिरामी आउने भएकाले अस्पतालमा जोखिम बढिरहेको र सङ्क्रमण भइहाले पनि गाउँगाउँसम्म पनि फैलने भएकाले अत्यावश्यकबाहेक सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध गरिएको छ ।

आकस्मिक सेवा २४सै घण्टा र कोरोना क्लिनिक बिहान १० देखि ३ बजेसम्म उपलब्ध रहेको जानकारी गराउँदै अस्पताल आउनुपूर्व ०९५–५२००६५मा फोन गरेर आउन अनुरोध गरेको छ । कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएमा नजिकको स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरिएको छ ।

सरकारले घोषणा गरेको लकडाउनको पूर्णपालना गर्न, सतर्क रहन र त्रसित नबन्न पनि अस्पतालले भनेको छ । कोरोनाको सङ्क्रमण फैलिहाले पनि कुनै औषधि नभएकाले आत्मबल बढाउनसमेत जोड दिइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here