कलाकार धुुर्मुस–सुन्तलीको ‘लिपुलेक’(भिडियो)

195
काठमाडाैं – हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले लक डाउनपछि विभिन्न चेतनामुलक भिडियो सार्वजनिक गरिरहेका छन् । उनीहरुले, कोरोनापछिको अवस्थालाई समेटेर तयार पारेको भिडियो राम्रो प्रभाव पनि पारिरहेको छ ।यसैविच, उनीहरुले लिपुलेक र नालापानी हाम्रै हो भन्दै एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।  सार्वजनिक भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर नेपालका नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उल्लेख गरिएको छ ।
भिडियोमा सितारामको दुइवटा गेटअप देख्न सकिन्छ । भिडियोले नेताले नसके जनता आफैले नेपालको जमिन फिर्ता ल्याउन सक्छन् भन्ने भाव पस्केको छ । सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको यो भिडियोमा सिताराम र कुञ्जनाले नै निर्देशनको जिम्मा सम्हालेका छन् । नेपालको भुमी मिचेर भारतले बाटो बनाएपछि देशभित्र यसको सर्वत्र विरोध भैरहेको छ । सरकारले लिपुलेक समेटेर नेपालको नक्शा जारी गर्ने बताइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here