लघु चलचित्र ‘झड्केलो’ सार्वजनिक

216
काठमाडौं – चलचित्र  ‘झड्केलो’ निर्माण भएको छ । निर्माता किरण नेपालीले लघु फिल्मका रुपमा यसलाई निर्माण गरेका हुन् । ४५ मिनेट अवधिको चलचित्र ‘झड्केलो’ को अहिले पोष्टर समेत सार्वजनिक गरिएको छ । नेपाली परम्परामा महिलाले दोश्रो विवाह गर्दा पहिलो श्रीमान् तर्फको सन्तानलाई ‘झड्केलो’ भन्ने गरिन्छ । यहि कथामा चलचित्र ‘झड्केलो’ बनेको निर्माता किरण नेपाली जनाए ।
चलचित्रले झड्केलो बच्चाको समस्या, परिवारले उसलाई हेर्ने दृष्टिकोण लगायतको बिषयबस्तु उठाएको किरणले सुनाए । चलचित्रमा प्रशान्त भण्डारी, पृथ्वीराज प्रसाई, किशोर खतिवडा, अर्जुन गुरुङ, नविन रेग्मी, सतिश खत्री, दामोदर खतिवडा, सानिया खान, संगीता नापित, प्रिया रिजाल र हिवाला गौतमलगायतको अभिनय रहेका छ । फिल्मको लेखन निर्देशन राज बहादुर सानेले गरेका हुन् ।

चलचित्र छिट्टै डिजिटल प्लेटफर्म मार्फत सार्वजनिक गर्ने निर्माता किरणको तयारी रहेको छ । किरणको ठुलोपर्दाको पछिल्लो चलचित्र ‘२ नम्बरी’ अहिले छायाँकनको क्रममा छ । लकडाउन अगाडि फ्लोरमा रहेको यस चलचित्र आधा छायाँकन पुरा भएपछि रोकिएको थियो । कोरोनाको कहर कमी भएपछि फिल्मको पुन छायाँकन गर्ने सोच उनको रहेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here