धनी काठमाडौं महानगरको गरिब क्वारेन्टाइन व्यवस्था

91

काठमाडौं – राहतमा ६ करोडभन्दा बढी खर्च गर्न सक्ने काठमाडौं महानगरपालिकासँग क्वारेन्टाइन व्यवस्थापनका लागि आफ्नो कुनै ठाउँ छैन ।

केही दिनअघि परीक्षण गर्दा महानगरको वातावरण व्यवस्थापन महाशाखाका फोहोरमा काम गर्ने ३१ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस बेला ती कर्मचारीलाई क्वारेन्टाइनमा राख्न ठाउँ अभाव भएपछि विभागीय प्रमुख, महाशाखा प्रमुख र लेखा शाखा रहेको अफिस भवनमा कोचकाच पारिएको थियो ।

हतार–हतारमा टेबुल–कुर्सी र सोफा हटाएर ती कर्मचारीलाई क्वारेन्टाइनमा राखेको समाचार बाहिर आयो । विभागका कर्मचारीका अनुसार क्वारेन्टाइन नभएपछि ३१ जना कर्मचारीलाई रात काट्नसमेत समस्या परेको थियो । यो त एउटा उदाहरण मात्र हो, यदि महानगर क्षेत्रभित्रका जनता वा कर्मचारीलाई कोरोना संक्रमण देखिए महानगरमा राख्ने ठाउँ छैन ।

उपत्यकाका अधिकांश स्थानीय तहले आफ्नो स्वामित्वमा क्वारेन्टाइन सञ्चालन गरे पनि देशकै सबैभन्दा धनी काठमाडौं महानगरसँग क्वारेन्टाइन नहुनुु अस्वाभाविक रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here