कलाकार तथा पत्रकारलाई सम्मान गर्ने

53

काठमाडाैं – आज जेठ ७ गते चलचित्र पत्रकारिता दिवस । चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ चितवनले कलाकार र पत्रकारहरूलाई सम्मान गर्ने घोषणा गरेको छ । संघले नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याएको भन्दै एक कलाकार, चितवनमा रहेर पत्रकारिता गरिरहेका दुई जना पत्रकार र काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका एक जना पत्रकारलाई सम्मानित गर्ने निर्णय गरेको हो ।

संघले वार्षिकोत्सवको अवसर पारेर कलाकार ऋद्धिचरण श्रेष्ठ, चितवनका पत्रकारद्धय किशोर खनाल र सुशील पन्त तथा काठमाडौंमा रहेर चलचित्र पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार विजय सुवेदी ‘आवाज’लाई सम्मान गर्ने निर्णय गरेको हो । उनीहरूलाई जनही पाँच हजार पाँच सय नगदसहित सम्मान गर्ने निर्णय गरिएको संघका उपाध्यक्ष रामेश्वर रिजालले जानकारी दिए ।

संघका अध्यक्ष रवि अधिकारीले कोरोना भाइरसका कारण आज नै कार्यक्रम गर्न नसकिएको बताए । उनले, कोरोनाको सन्त्रास कम भएपछि चितवनमा एक कार्यक्रमको आयोजना गर्दै कलाकार तथा पत्रकारलाई सम्मान गर्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here