नेपाली नागरिक फिर्ता ल्याउन सरकारको तयारी

134

काठमाडौं –  कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले तयारी गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउने प्रक्रियाबारे छलफल भएको हो ।

लकडाउनकै बीचमा कतिपय देशबाट नागरिक उद्धार गर्नुपर्ने अवस्था रहेकाले उनीहरुको व्यवस्थापनबारे पनि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । नेपालमा क्रमश ल्याउने र संक्रमण फैलन नलिन गरिने योजनामा छलफल भएको र अन्तिम रुप दिन बाकी रहेको उनले भने  ।

विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउने तयारीका सन्दर्भमा उपप्रधानमन्त्री पोखरेलले सोमवार पनि सम्बन्धित मन्त्रीहरुसँग रक्षामन्त्रालयमा अनौपचारिक छलफल गरेका थिए । सरकारले वैदेशिक रोजगारीमा गएका करीव ५ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ । त्यस्तै स्थानीयहरुमा रहेका क्वारेन्टाइनलाई व्यवस्थीत गर्ने र माददण्ड अनुरुप रेखदेख गर्ने, हाजिरी अभिलेख नेपाली सेनको उपस्थीतीमा गरिने गरि कार्ययोजना तयार भइरहेको उनले जनाए ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको खानपीनको व्यवस्था लगाएत बस्दोबस्तीको जिम्मेवारी स्थानीय तहको अधिकारीहरुलाई जिम्मा दिने तयारी भइरहेको प्रवक्ता बिडारीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here