‘राइफलले फलाकेको जिन्दगी’ कविता सङ्ग्रहका साथै ‘राइफलको नालबाट जीवन नियाल्दा,’ ‘युद्ध एम्बुसमा राईफलको संगीत’, ‘राईफलको मूच्र्छना’ र ‘फोकल्यान्ड जर्नल’जस्ता आख्यानात्मक कृतिका स्रष्टा राईको ‘गोर्खा गन्स’ ‘फोकल्यान्ड जर्नल’को अङ्ग्रेजी अनुवाद हो ।
सुरेश हाचेकालीद्वारा अनुदित ‘गोर्खा गन्स’मा फोकल्यान्ड युद्धको चित्रण छ । उक्त कृतिबाट गोर्खालीको सौर्य, त्याग र बलिदानको इतिहास पुनर्लेखनमा महत्वपूर्ण मद्दत पुग्ने देखिन्छ । यसका साथै फोकल्यान्ड युद्धका बेला गोर्खा सैनिकबारे फैलाइएको अनेक खाले अफवाहको निर्मलीकरण गर्नमा समेत यो कृति सफल रहेको छ ।
फोकल्यान्ड युद्धबारे अंग्रेज लेखकका अनेकौँ पुस्तक छन् । ‘गोर्खा गन्स’ले फोकल्यान्ड युद्धको निरुपण गोर्खा सैनिकको दृष्टिकोणबाट गरेको छ । वेलायतकी प्रसिद्ध अभिनेत्री जोअना लुम्लेले यो कृतिलाई ‘एउटा युवा गोर्खा सैनिकको मष्तिस्कमा फोकल्यान्ड युद्धका समयमा चित्रित अमूल्य झलक र सैनिकहरूको साधारण तर हृदयविदारक कथा’ भनेकी छिन् । कृतिमा बेलायतभरका पुस्तक पसलका साथै वाटरस्टोन्स, बुक डिपोजिटरी र अमाजन आदिमा पनि उपलब्ध छ ।