नेपाल-भारत सम्बन्ध नाजुक अवस्थामा वार्ता विकल्प गर्नुपर्ने

267

काठमाडौं, ८ जेठ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल भारत सम्बन्ध अहिले नाजुक मोडमा आईपुगेको टिप्पणी गरेका छन् । दुई देशबीचको सम्बन्ध यो मोडमा आउनुमा बढिरहेको अविश्वासको परीणाम भएको पनि उनको तर्क छ । बुधबार नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको राजनीतिक तथा प्रशासनिक अद्यावधिक नक्सा जारी गरेको थियो । र, भारतले नेपालले जारी गरेको अद्यावधिक नक्सा स्वीकार नगर्ने  जनाएकाे थियो । यही सन्दर्भमा पाण्डेको यस्तो प्रतिक्रिया आएको हो ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-“नेपाल-भारत सम्बन्ध नाजुक मोडमा आइपुगेको छ्। बढीरहेको अबिश्वासको परिणाम हो। ईतिहासले बैदिककाल देखीका छिमेकीहरु फेरी दुर्घटना नजिक पुग्ने अपेक्षा गरेको छैन। पररास्ट्र नीति आन्तरिक राजनीतिको दाउपेचबाट पृथक रहनुपर्छ। बार्ताको बिकल्प छैन, बार्ताको लागि पत्यार, सहमत गराउने सिप चाहिन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here