राष्ट्रिय अर्थतन्त्र बचाउने केही उपायहरू

27

– जनधारणा प्रतिनिधिबाट
कोभिड–१९ को संक्रमणबाट बच्ने, संक्रमण फैलन नदिने, नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउने बातावरण बनाउने तथा राष्ट्रिय अर्थतन्त्र बचाउने केही चलायमान उपायहरू
अहिले बिदेशमा रहेका नेपालीहरू स्वदेश फर्कन हतारिउका छन् । सबै आम सर्वसाधारण जनताले दुख परेको समयमा आफ्नो देशमा आउन पाउनु पर्छ । त्यसका लागि सरकारले सहजीकरणको ब्यवस्था मिलाउन’ सरकारको परम कर्तब्य नै हो । उचित व्यवस्थापन, जिम्मेवारी र प्रभावकारी कार्यान्वयन नै अहिलेको मुख्य चुनौती र आवश्यकता हो ।
उद्धार र व्यवस्थापनका मोडेलहरू कस्तो अपनाउने ?
१– भारतमा रहेका नेपालीहरूलाई प्रत्यक्ष निगरानीमा रहेका नेपाल भारतको नाकाबाट मात्र प्रबेश दिने ।
२– अन्य देशहरूमा रहेका स्वदेश फिर्ता हुन ईच्छूक नेपालीहरूलाई ८वटा बिमानमा दैनिक १ हजार देखि १ हजार ३सय ८२ जना सम्म नेपाल आउने दिने व्यबस्था मिलाउने, यो भन्दा धेरै संख्यामा ल्याउन सम्भव हुने छैन।
३– अरबबाट स्वदेश फर्कने कामदारलाई नेपाल फिर्ता भएपछि क्वारेन्टाइनमा राख्दा खाना र बस्न लाग्ने खर्च सम्बन्धित निकायबाट हुनु पर्ने तथा रोजगार वाहेक अध्ययन आदि कार्यमा युरोप अमेरिका जस्ता अन्य देशमा रहेकालाई क्वारेण्टाईन व्यवस्थापनको खर्च स्वरूप १४ दिनको रु. ३०, ००० (तीस हजार) सम्म लिने ।
स्वदेश फिर्ता हुनेहरूलाई गरिने कार्यक्रम तथा खर्च

१– १४ दिनसम्म काठमाडौंका तारे होटल र लजहरूमा राख्ने, नपुगेमा स्कुल र कलेजहरूमा राख्ने । यसरी विदेशबाट स्वदेश फिर्ता भई क्वारेण्टाईनमा बसेको १५ दिन पुरा भए पश्चात परिक्षण गर्ने , रिपोर्ट नेगेटिभ आएकाहरूलाई बसमा वा अन्य क’नै साधनमा घर पठाउने र भाडा बापतमा रु ६०००/– लिने । यसरी काठमाण्डौमा १४००० /– (चौध हजार) जना व्यक्तिहरूको लागि व्यवस्था मिलाउने । हरेक पटक १४००० /– जना हुनेछन् ।
यसरी प्रतिदिन २१०० जनालाई नेपाल भित्राउने र १४ दिन सम्म क्वारेण्टाईनमा राख्ने र क्वारेण्टाईनमा बसेको १४ दिन पुरा भएपछी परिक्षण गरि घर पठाउने ।
स्थानीय निकायका होटलर पसलरमासु उत्पादनमा टेवा पुग्ने ।
सवारी साधनहरूले काम पाउने र उत्पादन बढ्ने हुंदा अर्थतन्त्र चलाएमान हुने ।
क्वारेण्टाईनबाट घर जानु पूर्व २/३ दिन श्रमदान गराउने व्यवस्था मिलाउने ।
नाकाको जिल्लामा सामान खरिदको लागि रु २,८१,४०,०००/–
दैनिक खाना/बसभाडा तथा आरडीटी, पीसीआर टेष्टको लागि रु. १७,४०,००० /–

पुरै देशभरी लाग्ने खर्च
पहिलो पटक सामान खरिद गर्न रु २८,१४,०००/ ७ थानको जम्मा रु  १९,६९,८०,०००/–
दैनिक खाना/बसभाडा तथा आरडीटी, पीसीआर टेष्ट प्रतिदिनको रु १७,४०,०००/– ले ७ दिनको जम्मा  १,२१,८०,००० /–
यसरी १ बर्ष सम्म क्वारेण्टाईन संचालन गरेमा जम्मा लाग्ने खर्च रकम ७ दिनको  रु १,२१,८०,००० /– ले ३६५दिनको जम्मा रु ४,४४,५७,८०,०००/– (जसमा आरडीटी, पीसीआर टेष्टको लागि प्रतिव्यक्ति रु. १०००/– समाबेश गरिएको छ)

यसरी १ बर्षमा सिमानाकाबाट अनुमानित ७लाख ६६हजार ५सय जनालाई उद्धार गरी स्वदेश फिर्ता गर्न सकिन्छ ।
काठमाण्डौं एयरपोर्टमा आउनेलाई प्रतिव्यक्ति पीसीआर टेष्टको लागि रु १०००/– मात्र लिएमा प्रतिदिन १००० जनाको स्वाव टेष्ट गर्दा दैनिक जम्मा रु १०,००,०००/– (दश लाख) र बार्षिक रु ३६ करोड ५० लाख खर्च हुनेछ । १ बर्षमा कम्तिमा पनि ३,६५,००० जनालाई विदेशबाट फिर्ता गर्न सकिने छ ।
यसरी योजनाबद्ध रूपमा काम गर्दाको फाईदा
१ पहाडी क्षेत्रमा नियमित काम गर्न सकिने
२ साना तथा ठूला व्यवसाय संचालन गर्न सकिने ।
३ पहाडमा सैक्षिक क्षेत्र विद्यालयहरू पुन सूचारु गर्न सकिने ।
४. होटल व्यवसायरबस सेवा तथा कृषि क्षेत्र पुनः संचालन हुने हुंदा आम्दानी बढ्ने ।
५. क्वारेण्टाइनबाट निस्कने कोभिड १९ नेगेटिभ देखिएका व्यक्तिहरूलाई तुरुन्त रोजगारीमा लगाउन सकिने ।
६. प्रत्येक जिल्लाका ४२०० जना भएका स्थानमा प्रहरी तथा नेपाली सेनालाई सुरक्षाका लागि खटाउने । साथै स्थानीय होटल व्यवसायीहरूलाई खानपानको जिम्मेवारी दिने ।

यसरी गर्दा ३ वटा मोडेलको कल्पना गरिएको छ
१– तीन दिन २ रात क्वारेण्टाईनमा बस्ने मोडेल
२– सात दिन ६ रात क्वारेण्टाईनमा बस्ने मोडेल
३– पन्ध्र दिन १४ रात क्वारेण्टाईनमा बस्ने मोडेल
४– २ प्रतिशत व्यक्तिहरूलाई कोरोना संक्रमण हुने मानिएको छ ।
संक्रमित व्यक्ति ३० दिन हस्पिटलमा बस्ने । सम्भव भएसम्म ३ दिन २ रात क्वारेण्टाईनमा बस्ने मोडेललाई लागु गरेमा आर्थिक भार कम हुनेछ ।

यसरी गर्दा ३ वटा मोडेलको कल्पना गरिएको छ
१– तीन दिन २ रात क्वारेण्टाईनमा बस्ने मोडेल
२– सात दिन ६ रात क्वारेण्टाईनमा बस्ने मोडेल
३– पन्ध्र दिन १४ रात क्वारेण्टाईनमा बस्ने मोडेल
४– २ प्रतिशत व्यक्तिहरूलाई कोरोना संक्रमण हुने मानिएको छ ।
संक्रमित व्यक्ति ३० दिन हस्पिटलमा बस्ने । सम्भव भएसम्म ३ दिन २ रात क्वारेण्टाईनमा बस्ने मोडेललाई लागु गरेमा आर्थिक भार कम हुनेछ ।

दैनिक कार्यको लागि सार्बजनिक यातायातको बदलामा ट्याक्सी तथा टुटलरपठाओ जस्ता नियन्त्रणमा लिन सहज हुने गरी सवारी प्रवन्ध मिलाउने, सवारी चालकले अनिवार्य हेल्मेट र अन्य सुरक्षित उपकरण प्रयोग गर्नु पर्ने ।
सरकारले गर्नुपर्ने कामहरूतर्फ ध्यान दिन जरुरी छ । खेतीको समय आइसक्यो, यो मौसम गयो भने हामीलाई पश्चाताप मात्र हुनेछ र भोकमरीबाट प्रत्येक दिन मानिसहरू मरेका समाचार सुन्नु परिरहनेछ, आगे सरकारका सरदारहरूलाई चेतना भया !

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here