तिम्रो मेरो दिलको बास भिडियाे सार्वजनिक

212

काठमाडौं – नेपाली आधुनिक सुगम संगीतका चर्चित संगीतकार सन्तोष श्रेष्ठको नयाँ गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ ।

संगीकार श्रेष्ठकै शब्द, संगीत रहेको यो गीतमा गायक गायिका अन्जु पन्त र प्रमोद खरेलले युगल स्वर भरेका छन् ।

प्रेमका विभिन्न प्रसंग समेटिएको यो संगीतकार श्रेष्ठको शब्द तथा संगीत दुबै एकसाथ रहेको पहिलो गीत हो । कोरोनाको कहरका कारण गीतको भिडियो भने अहिले लिरिकल रुपमा निर्माण गरिएको छ ।

कोरोनाको कहर अनुकुल भएपनि गीतको आकर्षक भिडियो समेत बनाईने संगीतकार श्रेष्ठले बताए । लकडाउनका कारण घरमा रहेकाहरुको बिचलीत मन शान्त पार्न मद्दत गर्ने उदेश्यले गीत सार्वजनिक गरेको श्रेष्ठको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here