सबै भन्दा राम्रो ब्लगर बनाउने तरिका

321
ब्लगिङ गर्नु सामान्य विषय भएपनि यसको क्षेत्र ठुलो छ । संसारभरका मानिसहरुले अनलाइन मार्फत पढ्न सक्ने हुदा आफ्नो ब्लग सकेसम्म राम्रो बनाउने कोसिस गर्नु पर्दछ । विशेषत ब्लग निजी, सामाजिक र व्यवसायिक गरेर तीन भागमा विभाजन गर्न सकिन्छ । ब्लग गरेर केहि ब्लगरहरुले पैसा पनि कमाइरहेका हुन्छन । आफ्नो ब्लग पाठकलाई आकर्षित गर्न सक्ने र पठनिय बनाउनु पर्दछ । राम्रो ब्लग बनाउनको लागि केहि टिप्सहरु यस प्रकार छन् ।

आफ्नो उदेश्य प्रस्ट पार्नुहोस 
ब्लगलाई पठनिय बनाउने पहिलो उपाय तपाई आफैलाई प्रश्न गर्नुहोस कि, तपाई किन ब्लग गर्दै हुनुहुन्छ ? ब्लगको उदेश्य के हो, के यो निजी डायरीको सार्वजनिक रुप हो ? के यो जर्नल हो या सामाजिक सञ्जाल ? के तपाइले सुरु गर्नुभएको लेखन व्यवसायिक हो या शौखिन ? यस्ता उदेश्यहरु बारे तपाई आफै प्रस्ट हुनुहोस् । उदेश्यविहन व्लगले खासै गती लिन सक्दैन ।

आकर्षक डिजाइन
ब्लगमा राखिएका सामग्रीले मात्र पाठकलाई तान्दैन । तपाईको ब्लग हेर्दै पढौ पढौ लाग्ने हुनुपर्दछ । त्यसको लागि तपाईले ब्लगको थिमसँग मिल्ने गरी रंङ, अक्षरको आकार, शैली , मुड र टोन संयोजन गर्नुपर्दछ । अध्यारा अक्षर र कालो पृष्ठभुमी सकभर नरोज्नुहोस । त्यसले ब्ल्ग पढ्न अफ्ठेरो बनाउदछ ।

टुल्सको सहि प्रयोग गर्नुहोस 
ब्लग साइटले उपलब्ध गराएका टुल्सको सहि प्रयोग गर्नुहोस् । यसले तपाईको ब्लगलाई सजिलो, छिटो स सुविधायुक्त बनाउछ् ।

पाठकलाई पनि सजिलो पार्नुहोस 
पाठकलाई ब्लगमा यात्रा गर्न सहज पार्नुहोस । जस्तो तपाईले प्रतिक्रिया र आरएसएस फिड प्रयोग गरिरहनुभएको छ भने तपाईको पाठकले सजिलैसँग प्रतिक्रिया गर्नसक्ने र फिड सस्क्राइब गर्नसक्ने हुनु जरुरी छ । तपाईको अघिल्ला सामग्री खोज्न पनि पाठकलाई अफ्ठेरो हुनुहुन्न अभिलेखको राम्रोसँग व्यवस्थापन गर्नुपर्दछ । तपाईको साइटमा उपलब्ध सर्च इन्जिमा खोज्दा सजिलै फेला पर्ने किसिमको हुनुपर्दछ ।

एकै ठाँउमा रहनुहोस 
ब्लगरहरु सामान्यतया ठाँउ फेरिरहन्छन् । कहिले उनीहरु पल्लिक होस्टको रुपमा गर्छन त कहिले आफै डोमेन दर्ता गरेर ब्लग गर्दछन । विभिन्न यूआरएलको प्रयोग गर्दा तपाईले पाठक गुमाउने निश्चित छ । यदि तपाईले अर्को ब्लग बनाउन आवश्यक छ भने, पूरानो ब्लगमा नयाँ ब्लगको बारेमा लेखेर छोड्नुहोस ।

पाठकलाई व्यस्त पार्नुहोस
ब्लगमा यो सबैभन्दा महत्वपुर्ण कुरा हो । पाठकलाई आकर्षित गर्नु र उनिहरुलाई तपाईको ब्लगको नियमित पाठक बनाउनु एकदमै गाह्रो कुरा हो तर गर्नैपर्ने कुरा पनि यहि हो । पाठकलाई आफ्नो बारे बताउनुहोस र उनिहरुलाई व्यस्त बनाउन उनिहरुसँग अन्तक्रिया गरिरहनुहोस । उनिहरुले दिएका जवाफ सभ्य शैलिमा दिनुहोस । ब्लगमा आफ्ना सामग्रीहरु नियमित अपडेट र उत्कृष्ट राख्ने कोसिस गर्नुहोस  ।

ब्लगको कार्यतालिका बनाउनुहोस 
ब्लगका पाठक परिवर्तन भइरहन्छन तर जब एकपटक उनीहरु तपाईको ब्लगतिर आकर्षित हुन्छन, तब उनीहरु जतीपटक तपाईको ब्लगमा आउछन्, नयाँ सामग्री खोजी गर्न पनि छोड्दैनन् । हरेक दिन नयाँ सामग्री राख्न सकिएन भने पनि कुन दिन कहिले कहिले अपडेट गर्ने कुरा निश्चित गर्नुहोस ।

चुस्त बनाउनुहोस 
ब्लगलाई सकेसम्म चुस्त बनाउनुहोस् । जे जती लेखेपनि हुन्छ भनेर ब्लगमा लम्बेतान कुरा नलेख्नुहोस् । चुस्त बनाउनुहोस जसले पाठकलाई पढ्न समय नलागोस र मज्जा आओस् । एउटा कुरा के याद गर्नुहोस भने इन्टरनेटमा मानिसहरु गहन अध्ययन गर्दैनन्, सरसर्तीमा पढ्छन् ।

प्रकाशनगर्नु अघि सामग्री हेर्नुहोस
आफ्नो ब्लगमा भरसक गल्ती नगर्नुहोस । यो बिनासम्पादन गरिएको लेख हो, तरपनि पाठकलाई पढ्न अफ्ठेरो पार्दछ । त्यसैले ब्लगमा प्रकाशन गनुअघि राम्रोसँग पढ्नुहोस । व्यवसायिक ब्लगर हुनुहुन्छ भने त शुद्धाशुद्धिमा पनि विशेष ध्यान दिनुहोस् ।

आफुलाई व्यवस्थित बनाउनुहोस 
तपाईको ब्लगमा हरेक दिन नयाँ पाठक आउनुपर्छ भन्ने पनि छैन तरपनि तपाईले आफ्नो ब्लगलाई व्यवस्थित बनाएर राख्नुहोस । एकपटक आएका पाठक भड्केर नजाउन् भन्ने कुरामा विशेष ख्याल गनुृहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here