मन्त्रिपरिषदको बैठक जारी

118
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषदको बैठक जारी छ ।

बैठकले संविधान संशोधनको लागि प्रस्ताव ल्याउने बुझिएको छ ।

नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने भएकोले संविधान संशोधन गरिने भएको हो ।

सरकारले यही जेठ ७ गते बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ।

संविधानको अनुसूचीमा रहेको सोही निशान छापभित्रको नेपालको नक्सा परिवर्तन गर्न सरकारले प्रतिनिधि सभामा संविधान संशोधनको प्रस्ताव लैजान लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here