राष्ट्रिय पुनर्जागरण अभियानले नयाँ नक्साबारे यस्ताे भने

15
काठमाडौं – राष्ट्रिय पुनर्जागरण नेपालले सरकारद्वारा जारी गरिएकाे नयाँ नक्सा बारे प्रतिकृया जनाएकाे छ । 
अभियानका अध्यक्ष अनारसिंह कार्कीले प्रेस बिज्ञप्ति जारी गर्दै लामाे समयदेखि अतिक्रमित नेपाली भूभाग समेटिएकाे नक्सा धेरै पहिले बनाईनु पर्ने तर्क गर्दै सरकारले गरेकाे याे काम सकारात्मक भएकाे  जनाउनु भएकाे छ । तर सरकारले यसलाई सत्ता प्राप्त गर्ने भर्याङकाे रुपमा  प्रयाेग गर्न सक्ने तर्फ सचेत रहन सबैमा अाह्वान गरिएकाे छ ।
बिज्ञप्तिकाे पूर्ण अंश यश प्रकार छ – `लामो समय देखि भारतीय कब्जामा  रहेका नेपाली भुभाग मध्ये कालापानी, लिपुलेक र लिम्पियाधुरालाई हालै नेपाल सरकारले आफ्नो नक्सामा समावेश गरेर प्रकाशित गरेको कुराले व्यापक चर्चा पाउनु स्वभाविक हो। देशको सर्वभाैमसत्ता र भौगोलिक अखण्डतालाई समेत सत्ता प्राप्तिको मोलतोलको विषय बनाउदै आएको नेपालको राजनीतिक र सत्ताको नेतृत्व वर्गले देशको हितमा कर्तब्य पालन गरेको सानो कुराले पनि विशेष महत्त्व पाउने गरेको छ। अन्यथा धेरै पहिले आफ्नो देशको भौगोलिक सिमाको आधिकारिक नक्सा सार्वजनिक गर्नु पर्नेमा भारतले नेपाली भुमि माथिको अवैध कब्जालाई पुष्टी गर्न एकतर्फी नक्सा प्रकाशित गरेर सडक समेत बनाई उदघाटन गरिसकेपछि ब्यापक जनविरोध र भ्रस्टाचारका कारण धमिलिएको आफ्नो छवि सुधार्न मात्रै होइन आम जनता र आफ्नै पार्टी भित्रको विरोधबाट वच्न पनि सरकारका लागि यो नक्सा प्रकाशित गर्नु बाध्यता बनेको थियो।
महाकाली सम्झौता गरेर रास्ट्रघात गरिसकेको अहिलेको सरकारकाे नेतृत्ववर्ग जसले कथित संविधानसभाको ९०%ले बनाएको भनिएको संविधानमा देशको सिमा किटान भएको नक्सा राख्न नसक्नुले यिनको यथार्थ चेहरालाई स्पष्ट पार्छ। तथापि आफ्नै वाध्यता र स्वार्थकालागि नै प्रकाशित गरिएको भए पनि नक्सा प्रकाशित गर्नुलाई सकारात्मक रुपमा लिंदै भोलिका  दिनमा सत्ता प्राप्त गर्ने र टिक्ने माध्यमका रूपमा प्रयोग नपाउन् भन्नका लागि पनि नेपाली जनता सतर्क र सक्रिय रहन राष्ट्रिय पुनर्जागरण अभियान नेपाल आग्रह गर्दछ।´

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here