दक्षिण सुडानका १० मन्त्रीलाई कोरोना संक्रमण 

89

एजेन्सी – दक्षिण सुडानका १० जना मन्त्रीलाई नोभेल कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिएको छ ।

दक्षिण सुडानका सूचना प्रसारण मन्त्री माइकल माकुईले बीबीसीलाई दिएको जानकारी अनुसार कोरोना संक्रमण भएका १० जना मन्त्री सरकारले गठन गरेको उच्चस्तरीय टास्क फोर्स कमिटीका सदस्य हुन् ।

दक्षिण सुडानका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण भएको भ्रम फैलाएको भन्दै राष्ट्रपति स्वास्थ भएकोसमेत पुष्टि गरे । यहाँ पछिल्ला केही दिनमा कोरोना संक्रमितो संख्यामा तीव्र वृद्धि भइरहेको छ । हालसम्म दक्षिण सुडानमा ३०० भन्दा बढी कोरोना संक्रमित देखिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

दक्षिण सुडानमा यदि महामारी फैलिएका परिणाम निकै खराब हुने बताइएको छ । किनकि यहाँको स्वास्थ्य प्रणाली निकै खराब रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here