संसारभर काेराेनाकाे संक्रमणबाट ३ लाख ३९ काे मृत्यु

9

एजेन्सी – संसारभर कोरोना भाइरसको संक्रमित संख्या ५३ लाख नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १६ लाख ४४ हजार संक्रमित भइसकेका छन् । त्यहाँ मृतक संख्या ९७ हजार ६ सय नाघेको छ ।

संक्रमित संख्यामा ब्राजिलले रुसलाई उछिनेको छ । कोरोना भाइरसको रोकथाममा ब्राजिलले हेचेक्राइँ गरेपछि संक्रमित संख्या बढेर ३ लाख ३० हजार नाघेका छ, २१ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ ।

रुसमा ३ लाख २६ हजार संक्रमित भएका छन् ३२ सयको मृत्यु भएको छ । स्पेनमा २ लाख ८१ हजार, बेलायतमा २ लाख ५४ हजार, इटालीमा २ लाख २८ हजार संक्रमित भएका छन् । संक्रमणबाट मृत्यु हुनेमा अमेरिकापछि बेलायत रहेको छ ।

भारतमा १ लाख २४ हजार संक्रमित भएका छन्, मृतक संख्या ३७ सय नाघेको छ । त्यहाँ बितेको २४ घन्टामा ६ हजारभन्दा बढी संक्रमित संख्या थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here